विश्व-ईतिहास परिवर्तनको शृङ्खलामा रुमल्लिरहँदा क्रान्ति शब्द छिनभरको जोष र आवेगमा सीमित भएको छ । क्रान्तिलाई हिंसासँग जोडेर, रगत र रातो रङ्को आलिङ्गनमा मानव-समाज छद्म-क्रान्तिकारी बन्दैछ।
"मानव-क्रान्ति कहिल्यै निस्वार्थी हुन सकेन, र जुन मानिसले सच्चा क्रान्ति गर्यो, मानिसले उसलाई बुद्ध भन्दै मूर्तिभित्र लुकाए, चे ग्वेभारा भन्दै पोस्टर, कमिजमा कहिल्यै नझर्नेगरि चिप्काईदिए... "
"क्रान्ति चाहियो चैं किन त ?" भन्ने प्रश्नको जवाफ नखोजी क्रान्तिमा होमिने मानिस ईतिहासको परालमा सियो जसरी बिलाउँछ। र अवोध क्रान्तिकारीको त्याग टाठाबाठाको लुटिखाने मेसो बन्छ। यही प्रवृति यो युगको बर्बादीको कारक हो। क्रान्तिकारी धेरै हुर्किए तर क्रान्तिको बोट नऊम्रिदै ओइलायो। बोली र छद्म-धर्ममा क्रान्ति धेरै फस्टायो, तर कर्ममा क्रान्ति फस्टाएन।मानव-क्रान्ति कहिल्यै निस्वार्थी हुन सकेन, र जुन मानिसले सच्चा क्रान्ति गर्यो, मानिसले उसलाई बुद्ध भन्दै मूर्तिभित्र लुकाए, चे ग्वेभारा भन्दै पोस्टर, कमिजमा कहिल्यै नझर्नेगरि चिप्काईदिए...
क्रान्तिको अर्थबारे अझ प्रष्ट पार्नुभएको भए हुन्थ्यो !
के हो, चे को जिवनी पढ्न थालेपछि, क्रान्ति उर्लेर आ'को हो कि क्या हो ?
जेहोस्, कुरा चाँहि चित्त बुझ्ने खालको छ।