चिसो हावाको वेग चट्टानमा ठोक्किँदै अघि बढ्दैथियो। र त्यो विशाल खाल्डो जहाँ रगतका टाटाहरु प्रस्टै बुझिन्थ्यो र हड्डीको त पहाड नै थियो। यात्राले यो मोड लिन्छ भन्ने सोच समेत थिएन। एक अन्वेषकको यात्रा थियो यो, एक कवचधारी अन्वेषकको। मेरो खोज जीवित जीवको जीवनलीला बुझ्नुथियो, छ्यत-बिछ्यत शरीरको फुट-लीला हेर्नु थिएन। अनि एक्कासि सरुभक्तको 'पागल-बस्ती' सम्झिएँ, के यो पनि त्यस्तै पागल-बस्तीको अवशेष हो? मेरो तर्क थियो होइन, यो सो लेखको ह्याङओभर मात्र हो, सत्य होइन। फेरि यो खाल्डो बस्तीभन्दा त्यति टाढा पनि त छैन, मेरो मनको भूत जगाउनलाई! उसोभए यो के हो?
"मेरो खोज जीवित जीवको जीवनलीला बुझ्नुथियो, छ्यत-बिछ्यत शरीरको फुट-लीला हेर्नु थिएन।"
चिसो हावाको वेगले ल्याएका मृत पातहरु रगतका टाटाहरु स्पर्श गर्दै खप्परमा गएर निदाउँथे। न अघि न पछि, न दायाँ न बायाँ, मैले देखने एउटै प्राण स्वयं म थिएँ र त्यो पनि धुर्मुराएको! फेरि एकपटक बेगले मलाई हान्यो र मेरो मुटु चिसो धड्कन धड्किँदै थियो। अनायास मेरो मानसपटलमा एउटा आकृति आयो, एक अबोध बालकको, जस्को अर्धनग्न शरीर अर्ध-छाला र अर्ध-रगतले लट्पटिएको छ।
बालक निकै शान्त देखिन्छ तर आगो दन्केको स्पष्ट देखिन्छ त्यसको मुखमण्डलमा। न म सोध्छु, न बालक बोल्छ तर सुन्छु म त्यस बालकको कथा-एउटा समसामयिक कथा, एउटा ईश्वरभक्तको कथा, एउटा प्रभुपुत्रको कथा जस्को आमा-बाऊ सेतीमा रक्तिईसके र जस्को निधारमा चोरको ट्याग झुन्डिएको छ। र जस्को खुट्टा भाग्दा-भाग्दै खाल्डोको डिलबाट तैरिन्छनहावामा र ठोकिन्छन रक्त-नगरीको खप्पररुपी चट्टानमा। हो अहिले मैले देखेको छछल्किएको रगत त्यहि ठोकाइको परिणाम हो। अनि त्यस बालकको सत्यरुप पनि छर्लङ्गिँदै छ-युगौयुगदेखि ऊ कहिले युवक, कहिले बालक, त कहिले बृद्ध भएर सो युद्धभूमिमा उत्रिएकै छ, बलिदान दिएकै छ। नयाँ समाजको नयाँ युद्धमा उत्रिएको यो योद्धा पनि आखिर ईश्वरभक्त नै हो, प्रभु-पुत्र नै हो।
एउटा मसिनो आवाज आउँछ वस्तु ठोक्किएको र नयाँ ताजा रगत पूरानोलाई टाटो बनाएर आफ्नो मुक्तिको प्रतिक्छयामा पर्खिरहेको छ, छछल्किरहेको छ।
वाफ रे !
खतरा छ त, कथा को शैली त !!!
राम्रो छ !
साँच्चै खतरा छ यार !!!
खतरा छ यार साँच्चै !!
धन्यवाद!