visit my new site

visit my new site
रातो खाम

म एउटा हिन्दू परिवारको सदस्य हुँ र मेरो नैसर्गिक धर्म पनि हिन्दू हो। तर मेरो समाज बेग्लै छ, र विचार त झन् अर्कै। म जुन समाजमा हुर्केको छु त्यहाँ नैतिकता र मानवअधिकारको बन्धुत्व छ, र म जुन विचारमा डुबेको छु त्यहाँ निस्धर्मको वकालत छ। यहि दुविधा बिचमा चल्ने विश्लेषणको सानो अंश हो यो लेख।………………………………………….

विचारलाई म थन्क्याउँछु र वेदलाई अँगाल्छु। मेरो वेदले मेरो ईश्वर या अन्तिम सत्य महादेवलाई बनाएको छ। अनि महादेवलाई एक पुरूष, कसैको लोग्ने र कसैको बाऊ। अब मेरो मनमा एउटा प्रस्न उठ्छ- के ईश्वर र हामी मान्छेको स्वरूप र चिन्तन उहि हो, या ऊ हामीभन्दा माथि छ? यो त म भन्न सक्दिनँ कि वेदले ईश्वर बनायो या ईश्वरको आधारमा वेद, तर यति निश्चित छ कि मान्छेले वेदलाईनै ईश्वरिय सत्य –तथ्यको तथ्यसङ्कलन (database) मान्दछ।


"किनभने हाम्रो घर-घरमा राति शिवजीहरुले भुराभारीको अवरोध तोडेर तान्डव नाच्छन्, हाम्रा आमाहरु आँखामा आँशु लिएर सुख चाहियो, पैसो चाहियो भन्दै लोग्नेलाई व्यवहारिक (घुस्याहा) बनाउने महान् उद्देश्यतिर लम्किन्छन्।"

यसैबिचमा मलाई समाज र सामाजिक सिद्धान्तको झल्को आउँछ। मेरो वर्तमान समाजको पहिलो प्राथमिकता मानवअधिकार र धार्मिक स्वतन्त्रता बनेको छ। तर समाजको अभाव भयावह छ- सामाजिक स्वतन्त्रताले खुला चिन्तन, खुला चिन्तनले अनिर्देशित सोच र अनिर्देशित सोचले पागलपनलाई बढावा दिइरहेको छ।

यहि पागलपनमा रूमल्लिइरहेको मेरो मगज वेदको एउटा कथामा अल्मलिएको छ। वेद भन्छ आमा पार्वतीले आफ्नो नुहाइरहेको कोठामा प्रवेश गर्न नदेऊ भन्ने आदेश पालना गर्दागर्दै छोरो गणेशको शिर उसकै बाऊ शिवले छेदन गरे, अनि स्वास्नीको आलाप-विलाप सुनेर शिवले एउटा बालक हात्तीको शिर काटेर अफ्नो छोरोको शिरहिन शरीरमा शिर जोडेर प्राण दिए रे ! यति हुँदाहुँदै म शिवलाई ईश्वर मान्छु भने मैले हाम्रो समाजको ठाडो उपहास गर्दैछु। किनभने हाम्रो घर-घरमा राति शिवजीहरुले भुराभारीको अवरोध तोडेर तान्डव नाच्छन्, हाम्रा आमाहरु आँखामा आँशु लिएर सुख चाहियो, पैसो चाहियो भन्दै लोग्नेलाई व्यवहारिक (घुस्याहा) बनाउने महान् उद्देश्यतिर लम्किन्छन्। यदि वेदले ठिक बोलेको छ भने किन हामी नैतिकताको कुरा गर्छौ, मानवअधिकारको भाषा बोल्र्छौ, यदि वेदले गलत बोलेको छ भने किन हामी यस्लाई नकार्ने सुचेष्टा गर्दैनौ।

…………………यो सबकुरालाई एकैचोटि भुलेर फेरि आफ्नो उग्र-विचारलाई सहि मानेर अघि बढौँ कि होइन वेदमै त्रुटि, मैले वेदलाई ईश्वर-दर्शनको द्वारमन्नु नै त्रुटि भनेर फेरि समाजको दोधारे चरित्रमा अल्मलिऊँ। म ऊत्तर खोज्दैछु, खोजिरहनेछु जबसम्म म पागल प्रमाणित हुँदिन।

0 Response to '
मेरो वेद, मेरो समाज र म :::'

Post a Comment