visit my new site

visit my new site
रातो खाम

अस्ति साथीले देखाउँदात म पनि आकुल-व्याकुल भा'को थिएँ उसलाई भेट्न। साथीलाई नै कुरा गर्दे भनें; कुरा मिल्यो, ऊ मानी, उसको मनको करेन्टले मेरो नशामा ३० मेगावाटको पावर हान्ने झल्को पाएँ। तर मोरी बाठी चैं सार्है रैछे- तीँ तलतिरको ठूलो घरमा हुर्के-बढेकि त्यो यति छट्टू छे भन्ने कुरो मैले यतिन्जेलसम्म चाल पनि पाइनँ। मैले पठाको मुस्कानको खोलोलाई, जन्तर-मन्तर गरेर मैतिर ३० मेगावाटको भेल नै पठाई बा! म त छक्क परेँ!


"यति सम्मकि मोरीको गाउँ पुगेसि यताका मैयाहरु भैयाप्रिय, आनि लाठेहरु नाथे भएर फर्किन्छन्।

उसमाथि भाऊ खोज्छे यार- बार्गेन गरि गरि मेरै घरको गोलभेँडाको सस् बनाएर मलाई नै बेच्छे।


हुन त त्यो एकजना मात्र बाठी होइन। त्यसको वंश, छर-छिमेक, गाउँ नै छक्का-पन्जा छ। त्यसको गाउँको मुखियाले हाम्रो गाउँका गन्य-मान्य टाठाबाठालाई जिल्याको देख्दा म आफैं जिल्ल पर्छु। यता भाटा देखाउँदै हिँड्नेहरु उता पुगेसि लाटा भा'को देख्दा त कहिलेकाहिँ मज्जा पनि आउँछ। यति सम्मकि मोरीको गाउँ पुगेसि यताका मैयाहरु भैयाप्रिय, आनि लाठेहरु नाथे भएर फर्किन्छन्।

तर यति हुँदाहुँदै पनि मलाई त्यै मोरीको मात लागेको छ; माथिल्लो गाउँकि नेप्टि पनि कम खाईलाग्दि त छैन, तर पनि यसैले लठ्याकिछे मलाई। यसैबिचमा मेरो मन गुन्गुनाउँछ,

~~~
गोरी होइन, यो मोरी काली छे
सोझी होइन, सार्है नै जाली छे
ममाथि मायाजाल नै फाली छे
छुच्ची मोरी,
मलाई डुबाउन थालिछे

~~~

5 Response to '
छुच्ची भारत'

  1. Prabesh Said,

    कस्ति मोरी रै'छे त हौ !! के गर्नु त्यहि मोरीको भर पर्नु परेको छ !! मलाई पनि त्यहि नेप्टी मन पर्थ्यो तर खासा जाँदा त्यसका आफन्तले मितेरी पुलमा भुक्क लात्तले हानेपछि भने त्यसको पनि त्यति माया लाग्न छाड्यो ॥ परबाट हेर्दा मात्रै राम्री छे त्यो नेप्टी !!

     

  2. rajankathet Said,

    एस्ता नर्तकी मैयाँहरु देखी होसियार हुनु पर्छ साथी!!!! लेखाइ सुद्ध नेपाली टोनमा गाको छ..... दामी !!

     

  3. rajankathet Said,

    मैले पहिलो चोटि शिर्शकलाई ध्यान नदियी पढेछु यार।। बा यो लेख त कडा भन्दा पनि कडा छ यार।। शिर्शकले कत्रो फरक पारेको छ यार।।। तिम्रो जए होस्!!!

    मैले पठाको मुस्कानको खोलोलाई, जन्तर-मन्तर गरेर मैतिर ३० मेगावाटको भेल नै पठाई बा! I loved this sentence.. यो छुच्ची लाई तह लाउने समय आको छ ।।

     

  4. rajankathet Said,

    मैले पहिलो चोटि शिर्शकलाई ध्यान नदियी पढेछु यार।। बा यो लेख त कडा भन्दा पनि कडा छ यार।। शिर्शकले कत्रो फरक पारेको छ यार।।। तिम्रो जए होस्!!!

     

  5. eShan Said,

    thanx guys for all you comments.

     

Post a Comment