visit my new site

visit my new site
रातो खाम
Showing posts with label कथा. Show all posts
Showing posts with label कथा. Show all posts

चिसो हावाको वेग चट्टानमा ठोक्किँदै अघि बढ्दैथियो। र त्यो विशाल खाल्डो जहाँ रगतका टाटाहरु प्रस्टै बुझिन्थ्यो र हड्डीको त पहाड नै थियो। यात्राले यो मोड लिन्छ भन्ने सोच समेत थिएन। एक अन्वेषकको यात्रा थियो यो, एक कवचधारी अन्वेषकको। मेरो खोज जीवित जीवको जीवनलीला बुझ्नुथियो, छ्यत‍-बिछ्यत शरीरको फुट-लीला हेर्नु थिएन। अनि एक्कासि सरुभक्तको 'पागल-बस्ती' सम्झिएँ, के यो पनि त्यस्तै पागल-बस्तीको अवशेष हो? मेरो तर्क थियो होइन, यो सो लेखको ह्याङओभर मात्र हो, सत्य होइन। फेरि यो खाल्डो बस्तीभन्दा त्यति टाढा पनि त छैन, मेरो मनको भूत जगाउनलाई! उसोभए यो के हो?


"मेरो खोज जीवित जीवको जीवनलीला बुझ्नुथियो, छ्यत‍-बिछ्यत शरीरको फुट-लीला हेर्नु थिएन।"


चिसो हावाको वेगले ल्याएका मृत पातहरु रगतका टाटाहरु स्पर्श गर्दै खप्परमा गएर निदाउँथे। न अघि न पछि, न दायाँ न बायाँ, मैले देखने एउटै प्राण स्वयं म थिएँ र त्यो पनि धुर्मुराएको! फेरि एकपटक बेगले मलाई हान्यो र मेरो मुटु चिसो धड्कन धड्किँदै थियो। अनायास मेरो मानसपटलमा एउटा आकृति आयो, एक अबोध बालकको, जस्को अर्धनग्न शरीर अर्ध-छाला र अर्ध-रगतले लट्पटिएको छ।


बालक निकै शान्त देखिन्छ तर आगो दन्केको स्पष्ट देखिन्छ त्यसको मुखमण्डलमा। न म सोध्छु, न बालक बोल्छ तर सुन्छु म त्यस बालकको कथा-एउटा समसामयिक कथा, एउटा ईश्वरभक्तको कथा, एउटा प्रभुपुत्रको कथा जस्को आमा-बाऊ सेतीमा रक्तिईसके र जस्को निधारमा चोरको ट्याग झुन्डिएको छ। र जस्को खुट्टा भाग्दा-भाग्दै खाल्डोको डिलबाट तैरिन्छनहावामा र ठोकिन्छन रक्त-नगरीको खप्पररुपी चट्टानमा। हो अहिले मैले देखेको छछल्किएको रगत त्यहि ठोकाइको परिणाम हो। अनि त्यस बालकको सत्यरुप पनि छर्लङ्गिँदै छ-युगौयुगदेखि ऊ कहिले युवक, कहिले बालक, त कहिले बृद्ध भएर सो युद्धभूमिमा उत्रिएकै छ, बलिदान दिएकै छ। नयाँ समाजको नयाँ युद्धमा उत्रिएको यो योद्धा पनि आखिर ईश्वरभक्त नै हो, प्रभु-पुत्र नै हो।


एउटा मसिनो आवाज आउँछ वस्तु ठोक्किएको र नयाँ ताजा रगत पूरानोलाई टाटो बनाएर आफ्नो मुक्तिको प्रतिक्छयामा पर्खिरहेको छ, छछल्किरहेको छ।