visit my new site

visit my new site
रातो खाम
Showing posts with label कविता. Show all posts
Showing posts with label कविता. Show all posts


आमा, म...

Posted by eShan 0 comments

म मिल्किइंदैछु आमा, सल्किइंदैछु
प्राणसहित अग्निकुण्डमा दन्दन् दन्किइंदैछु।
म पेलिइंदैछु आमा, ठेली्दैछु
आफ्नाबाट अनायास जुवामा खेलिइंदैछु ।।

म अन्धकारिंदैछु आमा, कालिइंदैछु
चिम्लेर आंखा हात बांधी फालिंदैछु ।
म कुहिइंदैछु आमा, सुकिइंदैछु
हड्डी-छाला खरानीमा ढुङ्गोबाट फुकिइंदैछु ।।

म तातिईंदैछु आमा, बालिइंदैछु
रन्किइन अर्को ग्यालन् हालिइंदैछु ।
म बजारिइंदैछु आमा, हानिईंदैछु
एकएक हड्डी ड्याङ्डयाङ् ढाडिइंदैछु ।।

म गल्दैछु आमा, मर्दैछु
अनायास अन्तिम पटक सर्दैछु ।
म जल्दैछु आमा, बल्दैछु
चुपचाप बहृमनालमा एक तमासले ढल्दैछु ।।