visit my new site

visit my new site
रातो खाम


आमा, म...

Posted by eShan

म मिल्किइंदैछु आमा, सल्किइंदैछु
प्राणसहित अग्निकुण्डमा दन्दन् दन्किइंदैछु।
म पेलिइंदैछु आमा, ठेली्दैछु
आफ्नाबाट अनायास जुवामा खेलिइंदैछु ।।

म अन्धकारिंदैछु आमा, कालिइंदैछु
चिम्लेर आंखा हात बांधी फालिंदैछु ।
म कुहिइंदैछु आमा, सुकिइंदैछु
हड्डी-छाला खरानीमा ढुङ्गोबाट फुकिइंदैछु ।।

म तातिईंदैछु आमा, बालिइंदैछु
रन्किइन अर्को ग्यालन् हालिइंदैछु ।
म बजारिइंदैछु आमा, हानिईंदैछु
एकएक हड्डी ड्याङ्डयाङ् ढाडिइंदैछु ।।

म गल्दैछु आमा, मर्दैछु
अनायास अन्तिम पटक सर्दैछु ।
म जल्दैछु आमा, बल्दैछु
चुपचाप बहृमनालमा एक तमासले ढल्दैछु ।।

0 Response to '
आमा, म...'

Post a Comment